दफा १५ख
लेखामान बोर्डको काम, कर्तव्य र अधिकार
लेखामान बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्न अन्तर्राष्ट्रिय लेखामान (इन्टरनेशनल एकाउन्टीङ्ग स्टैण्डर्ड) समेतको आधार लिई लेखामानको व्यवस्था गर्ने,
(ख) लेखामानको विकास गर्न उपयुक्त विधि तयार गर्ने र लेखामान सम्बन्धी सामग्री प्रकाशन गर्ने,
(ग) लेखामानको संशोधन, सुधार र परिमार्जन गर्ने,
(घ) लेखामानको व्याख्या गर्ने,
(ङ) लेखामान सम्बन्धी अन्य कार्य गर्ने ।